• आइतबार, भाद्र २१ २०८३

मंगलबार थपिए कोरोनाका ३ हजार ९३ संक्रमित


मंगलबार, कार्तिक ४ २०७७
845
Shares


नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा गत २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा रहनेको संख्या १३ हजार ५५९ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १३ हजार ८६१ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १३ लाख १४ हजार ७७९ हजार पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १०८ कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको प्रवक्ता गौतमले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार