गोरखा । गोरखामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार मंगलबार गोरखामा थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप भएको संक्रमित सबै गोरखा नगरपालिकाकै रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
संक्रमित मध्ये गोरखा नगरपालिका वडा नं. ६ का ३८, ४३, २१ र २४ वर्षीय महिला तथा २९, ३०, ४० र ४१ वर्षीय पुरुष, वडा नं. २ का २५ र ३८ वर्षीय पुरुष र वडा नं. ९ का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक शर्माले बताए ।
उनका अनुसार संक्रमित सबैको कन्ट्याक टे«सिङबाट संक्रमण पुष्टि भएको हो ।