• शनिबार, साउन १६ २०८३

गण्डकीबाट प्रहरीले बरामद गर्‍यो यस्ता हतियार


मंगलबार, कार्तिक ४ २०७७
1.2K
Shares


गण्डकी प्रदेश अन्र्तगत तनहुँ जिल्लाको एक घरमा प्रहरीले छापा मारेर विभिन्न हतियार बरामद गरेको छ।

बन्दीपुर गाउँपालिका ६ ज्यामिरेस्वाराको एक घरबाट २ थान चाइनिज पेस्तोल, १ थान जंगी राउन्ड, १ थान ड्यामे राउन्ड, सोही पेस्तोलको २ थान म्याग्जिन बरामद गरेको हो।

सोही घरबाट २ थान जंगली जनावरको जस्तो देखिने सिङ र ५ थान छाला पनि सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय भानु मुकाम, ईलाका प्रहरी कार्यालय सारङघाट र प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरी टोलीले वीरेन्द्र गुरुङ बस्दै आएको अशोक गुरुङको घर तलासी गर्दा उक्त हतियार लगायत अन्य सामान बरामद गरेको हो। घटनामा संलग्न व्यक्तिहरु फरार रहेको प्रहरीले जनाएको छ।

यस्तै अछामको ढकारी गाउँपालिका ४ भरामस्थित बासपानीको जंगलमा लुकाई छिपाई राखिएको अवस्थामा भरुवा बन्दुक फेला पारेको छ। सोमबार साँझ प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले बन्दुक बरामद गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार