• शनिबार, साउन १६ २०८३

होम—आइसोलेसनमा बसेका ४० वर्षीय पुरूषको मृत्यु


मंगलबार, कार्तिक ४ २०७७
770
Shares

कोरोना संक्रमणबाट एक जना होम—आइसोलेसनमा बसेका ४० वर्षीय पुरूषको मृत्यु भएको छ।

दाङको लमही नगरपालिका वडा नं. ५ निवासी ती व्यक्तिको मंगलबार बिहान मृत्यु भएको लमही नगरका स्वास्थ्य संयोजक लोकराज पौडेलले बताए।

असोज २६ गते स्वाब संकलन गरेपछि उनलाई साही दिन संक्रमण पुष्टि भएको थियो।

कलेजोका बिरामी उनको काठमाडौंमा उपचारपछि लमहीस्थित घरमै आएर आइसोलेनसमा बसेको समयमा मृत्यु भएको नगरका स्वास्थ्य संयोजक पौडेलले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार