• मंगलबार, असोज २० २०८३

आगमी कात्तिक ७ देखि ११ गतेसम्म बैंकका सबै शाखा बन्द हुने


मंगलबार, कार्तिक ४ २०७७
740
Shares

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको कारणले दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपटक दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका छन् ।

आगमी कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने छन् । नेपाल बैंकर्स संघले आज सूचना जारी गर्दै दसैं बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने जनाएको छ ।

बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ ।

वाणिज्य बैंकका कर्मचारीहरुमा पनि संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको र ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भएकाले संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको प्रयोगमा जोड दिन संघले अनुरोध समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार