• शनिबार, साउन १६ २०८३

वडाध्यक्षको पहलमा २ बर्षदेखि बन्द विद्यालय खुल्यो, नमुना बनाउन चौतर्फी सहयोग जुटाउदै


मंगलबार, कार्तिक ४ २०७७
960
Shares

कोही गाँउ छाडेर नीजी विधालय पढ्न बहिर जाने त कोही रहरले माध्यामिक विद्यालय पढ्न जान थालेपछि गोरखाको शहिद लखन गाउँपालिका–७ स्थित मकैपुरमा रहेको मकैपुर आधारभूत विधालयमा गत दुई बर्ष देखि विधालय बन्द थियो । विधार्थी संख्या कमीको कारणले विधालय बन्द भएको हो ।

गाँउमा भएको एउटा विधालय पनि बन्द भए पछि स्थानीयहरु निराशीन थाले । लामो समयदेखि बन्द रहेको विधालय पुनः सञ्चालनमा आँउछ भनेर स्थानीयहरुले आश पनि गरेका थिएनन् ।

तर वडा अध्यक्ष शरण श्रेष्ठको पहलमा सो विद्यालयले यो वर्षदेखि पुनर्जन्म पाएको छ । अहिले आधारभूत विद्यालयमा २७ जना विद्यार्थी छन् । वडा अध्यक्ष श्रेष्ठले सहयोगीहरुबाट शैक्षिक सामग्रीदेखि विद्यालय ब्यवस्थापनमा आवश्यक पर्ने सामग्री जुटाएका छन् ।

केही मात्रामा सामग्री जुटाएता पनि विद्यालय बन्द भएर पुन संचालनमा आएकाले पूर्ण रुपमा ब्यवस्थापन गर्न बाँकी रहेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार विद्यालय तर्फ विधार्थीको आकर्षण बढाउनका लागी बालमैत्री कक्षा समेत सञ्चालन गर्ने भनिएको छ ।

त्यस्तै विद्यालयमा बालकक्षा र इसिडी कक्षामा बालबालिकाहरुलाई आबश्यक पर्ने टिभी गाउँपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष काशीनाथ अंगाईको समन्वयमा विद्यालयलाई उपलब्ध गराइएको छ भने बालबालिका अध्ययन गर्ने कक्षामा रङग लगाउने, कार्पेटिङ गर्ने लगायतका कार्यका लागि आबश्यक सामग्रीको ब्यवस्थापनमा विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए ।

विद्यालय संचालनका लागि शहिद लखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोटका स्थानीय गन्जबहादुर गुरुङ र भिमबहादुर गुरुङको विषेश पहलमा फत्तबहादुर गुरुङ, तोलक बहादुर गुरुङ, कुमार गुरुङ, प्रेम गुरुङ, भिम गुरुङ, अनुप गुरुङ, काजी गुरुङ, अनिता गुरुङबाट रु २०/२० हजार र बलहादुर गुरुङबाट नगद १० हजार गरी एक लाख ७० हजार सहयोग गरेका छन ।

हाल दक्षिण कोरियामा कार्यरत मालती गुरुङ, मिलन गुरुङ, प्रितम गुरुङ र रबिना गुरुङ बाट १०/१० हजार रुपैयाँ, राजु गुरुङ, राम खनाल, सुमन थापा, अनिल थापा, रोशन श्रेष्ठबाट पाँचरपाँच हजार, जीतबहादुर गुरुङबाट ७ हजार र सबिता थापाबाट तीन हजार गरी ७५ हजार रुपैयाँ सहयोग जुटेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

गोरखा जेजिस गोरखाका अध्यक्ष सुबास मल्लबाट रु २० हजार बरावरको पाँच थान राउण्ड टेवल, शहिदलखन गाउँपालिका ८ का वडा अध्यक्ष एवं रोटरी क्लव गोरखाका अध्यक्ष काशिनाथ अम्गाईको पहलमा बसन्तराज श्रेष्ठबाट २० थान र गोरखा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ईश्वरकाजी मास्केबाट १० थान प्लास्टिक कुर्सी उपलब्ध भएको विद्यालयले जनाएको छ ।

उक्त सामग्री सोमवार एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार