• शनिबार, साउन १६ २०८३

सिरानचोक गाउँपालिकाको कार्यालय छोप्राक मै राख्न सर्वोच्वको आदेश


मंगलबार, कार्तिक ४ २०७७
980
Shares

गोरखा । सिरानचोक गाउँपालिकाको कार्यालय तत्काल नसार्र्न सर्वोच्व अदालतले आदेश दिएको छ ।

न्यायधिसहरु मनोजकुमार शर्मा र चुडामणी शर्माको सयुक्त इजालासले अन्तरिम आदेश जारी गरेको हो । अशोज २७ गते गरिएको आदेशमा केन्द्र निर्धारणको अन्तिम टुंगो नलाग्दासम्म छोप्राक मैदानबाटै काम गर्न भनिएको छ ।

‘गाउँपालिकाको केन्द्र नेपाल सरकारले तोक्ने व्यवस्था भएको तर सिरानचोक गाउँपालिकाले २०७७/०३/३१ गते निर्णय गरी कार्यालय सार्ने काम गरेकाले सो को काम कारबाही अन्तिम टुंगो नलागेसम्म गाउँपालिकाको केन्द्र यथाअबस्थामा राख्नू भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।’

२०७६ असार ३१ गते बसेको गाउँसभाको दुई तिहाइ बहुमतले वडा नम्बर ५ को चित्रे पोखरीमा केन्द्र कायम गर्ने निर्णय भएको थियो । वडा नम्बर ४ का ५ जना गाउँसभा सदस्यहरुले अस्थायी रुपमा रहेकोे छोप्राक मैदानमै केन्द्र राख्नु पक्षमा मतदान गरेका थिए । चित्रेपोखरीमा प्रस्ताब गरिएको केन्द्र गाउँसभाले पास गरी अनुमोदनका लागि गण्डकी प्रदेश सरकारलाई पठाएको थियो ।

प्रदेश सरकारले पनि अनुमोदन गरी औपचारीक रुपमा केन्द्र तोक्नका लागि केन्द्र सरकारलाई पठाइसकेको छ । केन्द्र सरकारको मन्त्री परिषद्ले पास गरी राजपत्रमा भने प्रकाशित हुन बाँकी छ । केन्द्र निर्धारणको काम औपचारिक रुपमा नटुगिंसकेकाले तत्काल साबिककै ठाउँबाट कार्यालय सञ्चालन गर्नु पर्ने सर्वोच्चको ठहर छ ।

तर गाउँसभाले निर्णय गरे लगतै सिरानचोक गाउँपालिकाले चित्रेपोखरीमा कार्यालय स्थापना गरी काम गरिरहेको छ । गाउँपालिकाले २७ रोपनी जग्गा एकिन गरी भवन निर्माणको तयारी समेत सुरु गरिसकेको अबस्थामा सर्वोच्वको आदेशले केही अन्यौलता कायम भएको गाउँपालिकाले अध्यक्ष राजु गुरुङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार