• मंगलबार, असोज २० २०८३

कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाउनू : मन्त्रालय


मंगलबार, कार्तिक ४ २०७७
915
Shares


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन गर्नुपर्ने निर्देशन दिएको छ ।

कक्षा ११ को पढाइ हुने देशभरका सबै विद्यालयमा शैक्षिक वर्ष २०७७ देखि नयाँ पाठ्क्रम लागू गरेको मन्त्रालयले जनाएको छ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्वीकृत पाठ्यक्रमअनुसार कक्षा ११ मा पठनपाठन गर्न मन्त्रालयले विद्यालयहरू लाई निर्देशन दिएको हो।

कतिपय विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पढाएको गुनासो आएपछि मन्त्रालयले निर्देशन जारी गर्नु परेको मन्त्रालयका उपसचिव विदुरराज गिरीले जानकारी दिए ।

अभिभावक तथा विद्यार्थीलाई पनि नयाँ पाठ्यक्रम पढाइ हुने निश्चित भएपछि मात्रै भर्ना गर्न र गराउन मन्त्रालयले आग्रह गरेको छ । पाठ्यक्रम लागु भए–नभएको अनुगमन गर्न भने सम्बन्धित स्थानीय तहलाई जिम्मेवारी दिइएको छ ।

साथै अर्को वर्षदेखि कक्षा १२ मा पनि नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिने मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार