काठमाडौं । गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ ।
प्रहरी बिटका इन्चार्ज गोविन्द विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा साउदको शव भेटिएको हो ।
यसअघि गत शनिबार राति मोटरसाइकलमा गस्तीमा गएका असई विक र जवान साउद राति ११ बजेदेखि सम्पर्कविहीन भएका थिए।
उनीहरूको आइतबार बिहानदेखि खोजी थालिएको थियो।
प्रहरीले तस्करहरूले विक र साउदको हत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ।
विकको शव मोहना नदीमा भेटिएको थियो । सम्पर्कविहीन भएका जवान साउदको शव चार दिनपछि मंगलबार सोही ठाउँमा भेटिएको छ ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।