• सोमबार, साउन ११ २०८३

सरकारले यी ७ वर्गमा पर्ने नागरिकको कोरोना परीक्षण र उपचार निःशुल्क गरिदिने


मंगलबार, कार्तिक ४ २०७७
710
Shares


सरकारले सात वर्ग तोक्दै त्यसमा पर्ने नागरिकका लागि कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचार निःशुल्क गर्ने व्यवस्था गरिएको जनाएको छ।

सरकारले निःशुल्क परीक्षण तथा उपचारका लागि तोकेका लक्षित वर्ग पहिचानका आधारबारे स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सूचना निकालेको हो।

यसअघि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायतको मात्रै सरकारले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो।

सोहीबमोजिम केन्द्रले सूचना जारी गरेको हो। जसमा निःशुल्क उपचार तथा परीक्षणका लागि विपन्न वर्ग दाबी गर्न विपन्न परिचयपत्र र विपन्न नागरिकलाई उपचारसम्बन्धी निर्देशिकाअनुसारको सिफारिस भएको वा स्वयं घोषणा मध्येको एक, अशक्तताको प्रमाणपत्र वा स्वयं घोषणा, असहायको सिफारिस वा स्वयं घोषणा, असहाय एकल महिलाको प्रमाणपत्र वा स्वयं घोषणा गर्नुपर्ने उल्लेख छ।

अति अपांगताको प्रमाणपत्र हुनुपर्ने, ज्येष्ठ नागरिकको हकमा ७० वर्ष पुगेको नागरिकताको प्रमाणपत्र वा उमेरको स्वयं घोषणा र अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीले सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिसका आधारमा निःशुल्क परीक्षण तथा उपचार पाउने केन्द्रले जनाएको छ।

हेर्नुहाेस्, सूचना-

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार