• सोमबार, भाद्र ८ २०८३

आईपीएल : राजस्थानद्रारा चेन्नाईलाई ७ विकेटले पराजित


मंगलबार, कार्तिक ४ २०७७
715
Shares


काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ।

चेन्नाईले दिएको १२५ रनको सामान्य लक्ष्य राजस्थानले १७.३ ओभरमा ३ विकेट गुमाएर भेटाएको थियो।

आइपीएलमा यो चेन्नाईका कप्तान धोनीको २००औं खेल थियो। यो हारसँगै चेन्नाईको प्लेअफ सम्भावना मुस्किल बनेको छ।

यता जितसँगै राजस्थानले भने प्लेअफको सम्भावना कायमै राखेको छ। यो जितसँगै पुछारमा रहेको राजस्थान पाँचौं स्थानमा उक्लिएको छ। उसको १० खेलबाट ८ अंक छ।

त्यति नै खेलबाट चेन्नाई भने ६ अंकसहित पुछारमा पुगेको छ। १० खेलमध्ये चेन्नाईले ३ खेलमात्रै जित्न सकेको छ।

चेन्नाई हालसम्म आइपीएलमा जहिलेपनि प्लेअफ सम्म पुगेको इतिहास छ। तीन पटक आइपीएलको उपाधि उचालेको चेन्नाई ६ पटकको उपविजेता समेत हो।

तर यसपटक भने उसले १० खेलमा केवल ६ अंकमात्रै बनाउँन सकेको छ। आगामी चार खेलमा जित हात पारेमा पनि उसको प्लेअफ सम्भावना झिनो देखिन्छ।

रवीन्द्र जडेजाले ३५, धोनीले २८, साम कुर्रानले २२ रन बनाएपछि चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको थियो।

जवाफमा जस बटलरले ७०, स्टिभ स्मिथले २६ र बेन स्टोक्सले १९ रन जोडेपछि राजस्थानले १७.३ ओभरमै लक्ष्य भेट्टायो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार