• मंगलबार, असोज २० २०८३

कोरोना संक्रमणबाट थप एकको मृत्यु


मंगलबार, कार्तिक ४ २०७७
710
Shares

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीको बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत उपमहानगरपालिका —११ की ४१ वर्षीया महिलाको उपचारको क्रममा आज (मंगलबार) बिहान मृत्यु भएको हो।

सोमबार मात्र संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो।

उनको आज विहान ५ः १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन डा.सुदर्शन थापाले जानकारी दिए। ती महिलामा सुगरको समस्यासमेत रहेको थापाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार