गोरखा । गोरखा नगरपालिका ९ ठिगुरेश्वाँरामा क्षेत्रमा सडक बत्ति जडान गरिएको छ ।
स्थानीय शान्तिचोक टोल विकास संस्थाले आफ्नै लगानीमा ठिगुरेश्वााँरा क्षेत्रमा १४ वटा सडक बत्ति जडान गरेको हो ।
दशैतिहार लगायतका चाडपर्वका अवसरमा संस्थाले करिब ७० हजार लगानी गरेर सडक जडान गरिएको सदस्य जानुका बस्नेतले जानकारी दिइन ।
सडक बत्ति जडान भएपछि रातको समयमा हिडडुल गर्ने पैदलयात्रु तथा सवारी साधनका लागि समेत सहज हुने संस्थाको विश्वास छ ।
त्यस्तै बत्तिका कारण त्यसक्षेत्रमा चोरी डकैती लगायत अपराधिक घटनाहरुको पनि न्युनिकरण हुने सदस्य बस्नेतले बताइन ।