• शनिबार, साउन १६ २०८३

संकटकाल—कर्फ्यु लाग्ने सूचना भ्रामक : गृह मन्त्रालय


सोमबार, कार्तिक ३ २०७७
785
Shares


काठमाडौँ । मोबाइल, सामाजिक सञ्‍जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल—कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत, तथ्यहीन, भ्रामक र निराधार भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै यो घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान प्रक्रिया अघि बढाएको पनि बताएको छ ।

आइतबार राति र सोमबार बिहानदेखि नै तत्काल कर्फ्यु लगाइएको, सशस्त्र प्रहरीले एयर ट्राफिक र नेपाल भारत सीमामा हुनसक्ने सुरक्षा खतराको निगरानी राखिरहेको भन्दै अस्पतालबाहेकका सेवाहरु स्थगित गरिएको भन्दै सन्देश पठाइएको थियो ।

यी सन्देश कसले र किन पठाएको हो भन्नेबारे गृहले बताएको छैन ।

गृह मन्त्रालयले जारी गरेको सूचना :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार