• शनिबार, साउन १६ २०८३

कोरोनाको अस्तित्व छैन भन्ने फिटनेसस्टारको संक्रमणकै कारण मृत्यु


सोमबार, कार्तिक ३ २०७७
845
Shares

काठमाडौं । कोरोना भाइरस ‘कोभिड १९’ को अस्तित्व नै छैन्न भन्ने युक्रेनका फिटनेसस्टारको संक्रमणकै कारण मृत्यु भएको छ।

उनी विश्वभर फैलिएको कोरोना भाइरस अफवाह भएको सोच्दथे। यद्यपी ३३ वर्षमै फिटनेसस्टार दिमित्री स्तुजुकको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

उनको इन्स्टाग्राममा दश लाख फलोवर छन्। जब उनी कोरोना संक्रमित बनेर गम्भीर बिरामी परे तब उनले इन्स्टामा भनेका थिए,‘म कोरोनाको अस्तित्व नै छैन भन्ने सोच्दथे। यो निकै गम्भीर रोग हो, यो चाँडै बिलाउँदैन।’

टर्की भ्रमणमा रहँदा नै घाँटी सुन्नेर उनलाई सास फेर्न गाह्रो भएको थियो। युक्रेन फर्कँदा उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

अस्पतालमा उनले आफूलाई सास फेर्न अक्सिजनको सहायता चाहिएको पनि इन्स्टामा बताएका थिए।

किभ अस्पतालमा उनको उपचार भएको थियो। अस्पतालमा धेरै भीड भएपछि उनलाई घरमै आइसोलेसनमा बस्न भनिएको थियो। तर जब उनलाई घर फर्काइयो त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो।

फेरि हालै अस्पताल लाँदा उनको कोरोनाको कारण मृत्यु भएको हो। उनले पहिले अस्पतालमै रहँदा कोरोनालाई सामान्य रोग नठान्न र सतर्क रहन सुझाव दिएका थिए। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार