कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि हुने भनिएका सबै लिखित परीक्षा स्थगित गरेको छ।
सोमबार बसेको आयोगको बैठकले अर्को सूचना नआउन्जेलका लागि निजामती, सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
कोरोनाका कारण परीक्षार्थीमा देखिएको भय र आयोगका कर्मचारी नै संक्रमित भएर आइसोलेसनमा बसेकाले परीक्षा स्थगित गरेको आयोगले जनाएको छ।
गत चैतमा हुनु पर्ने राजपत्रांकित तृतीय श्रेणीको लगायत लिखित परीक्षा हुन बाँकी छ।