गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार सोमबार थप ५६ जनामा संक्रमण पुष्टि भएको हो ।प्रदेशका ७ जिल्लामा गरी ५६ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय जनाएको छ ।
संक्रमित मध्ये कास्कीका २५ जना, नवलपरासीका १७ जना, तनहुँ र स्याङ्जाका १०/१० जना, गोरखा, लमजुङ, बागलुङका १/१ जना रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।
यससँगै गण्डकीमा कुल कोरोना संक्रमित ५ हजार ७ सय ९७ पुगेको छ भने ३ हजार ४ सय ९९ जना निको भएका छन् ।
५१ संक्रमितको भने ज्यान गएको छ ।