कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–१३ स्थायी घर भएकी २८ वर्षीया महिलाको कुश्मा नगरपालिका–५ मा आइतबार साँझ ७ बजे मृत्यु भएको हो ।
उनको कुश्मा नगरपालिका ५ मा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार उनको रिपोर्ट आइतबार पोजेटिभ आएको थियो । ती महिलामा मधुमेहको समस्या थियो ।