• शनिबार, साउन १६ २०८३

डेढ करोड बढीको अवैध यार्सागुम्बा बरामद


सोमबार, कार्तिक ३ २०७७
745
Shares

काठमाडौं। प्रहरीले दार्चुलाबाट डेढ करोड बढीको यार्सागुम्बा बरामद गरेको छ । जिल्लाको महाकाली नगरपालिका–४ पुलघाटबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको यार्सागुम्बा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ किलो ५ सय १० ग्राम अवैध यार्सागुम्बा बरामद गरिएको हो । यार्सागुम्बासँगै हुम्ला नाम्खा गाउँपालिका–३ को ३५ वर्षीय दोकार लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनले १० किलोको पुर्जी लिएर साढे १७ किलो यार्सागुम्बा तस्करी गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख पदम विष्टले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार