http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्य तोलमा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आइतबार तोलामा १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएकोहो ।