• शनिबार, साउन १६ २०८३

कोरोनाबाट चितवनमा थप एकको मृत्यु


सोमबार, कार्तिक ३ २०७७
690
Shares


चितवन । कोरोजना संक्रमणबाट चितवन मेडिकल कलेज (सीएमसी)मा उपचाररत एकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको सीएमसीका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि उनलाई गत असोज २० गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप, प्रोस्टेट र थाइराइडबाट पनि पीडित ती पुरुषमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

उपचारमा अथक प्रयास गर्दागर्दै आज बिहान उनको मृत्यु भएको डा. लम्सालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार