• सोमबार, साउन ११ २०८३

गोरखा प्रशासनले ग¥यो अत्यावश्यक बाहेकका सेवा बन्द


सोमबार, कार्तिक ३ २०७७
740
Shares

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

कोरोनाको जोखिम उच्च भएको भन्दै ४ गतेबाट ६ गतेसम्म सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

‘जिल्लामा कार्यरत केही सुरक्षाकर्मी समेत संक्रमित भई आज मात्रै (आइतबार) थप सात जना सर्वसाधारण व्यक्तिमा पनि कोरोना संक्रमण देखिएसँगै कोरोना संक्रमितको संख्या ३७४ पुगी हाल १२० जना सक्रिय संक्रमित रहेका छन्,’ प्रमुख जिल्ला अधिकारी भट्टराईद्धारा आइतबार जारी सार्वजानिक सूचनामा भनिएको छ ।

सोहीअनुरुप उक्त कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको बढ्दो चापका कारणले संक्रमण बढ्न सक्ने आशंका प्रशासनले गरेको हो । ‘यस कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा २०७७/७/४ देखि २०७७/७/६ गतेसम्म बन्द गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ सूचनामा भनिएको छ । त्यसबाट सेवाग्राहीमा पर्न जाने असुबिधा प्रति प्रशासनले क्षमायाचना गरेको छ । यद्यपी जिल्लाका अन्य सरकारी कार्यालय भने सञ्चालन हुने बताइएको छ ।

यसैवीच जिल्ला प्रशासनले अर्को सूचना जारी गर्दै यस वर्ष दशै तिहारमा पिङ नहाल्न आग्रह गरेको छ । ‘विगतमा जस्तो आफन्तहरुकोमा जाने, भिडभाड गर्ने, जम्मा हुने, नाचगान गर्ने, होहल्ला गर्ने जस्ता कार्य नगर्नु नगराउनु हुन अनुरोध गर्दछौं ।

यसैगरी विभिन्न धर्मावलम्बीहरुले आ–आफ्ना चर्ज, मस्जिद, गुम्बाहरुमा भेला भइ कार्यक्रम गर्ने, प्राथना गर्ने, संगती गर्ने जस्ता क्रियाकलापहरु भइरहेको भन्ने सूचना प्राप्त भएकाले यस्ता गतिविधि नगर्न/नगराउन समेत सबैमा सुचित गरिन्छ,’ सूचनामा भनिएको छ । गोरखाबाट चल्ने लामो, मध्यम र छोटो दुरीका सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

प्रशासनले सिट क्षमता अनुसारका यात्रु राखेर २०७६ चैत्र ११ अघि कै भाडादर कायम गर्न बस व्यवसायीहरुलाई अनुमती दिएको छ । यदी कोही कसैले उक्त आग्रह नमाने संक्रामक ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार