गोरखा । प्रहरीले गोरखाबाट कौडा खेलीरहेका १२ जना जुवाडेलाई पक्राउ गरेका छन्।
गोरखा नगरपालिका ४ पन्थेश्वाँराबाट गएराती १२ जना जुवाडेलाई पक्राउ गरेका हुन् । एक लाख ४६ हजार रुपैयाँ नगद सहित कौडा खेलीरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।
कृष्णबहादुर खनखवासको घरमा कौडा खेलिरहेको अवस्थामा ३९ वटा कौडा पनि नियन्त्रणमा लिएको एसपी गुरुङले जनाएको छ ।
चाडबाड नजिकिएसँगै जुवा तास खेल्ने, खेलाउने गतिविधि बढेपछि प्रहरीले निग्रानी बढाएको उनले बताए ।