• सोमबार, साउन ११ २०८३

दशैंमा तीन दिन पिसिआर परीक्षण नहुने


सोमबार, कार्तिक ३ २०७७
715
Shares


काठमाडौं । हिन्दुहरुको महान चाड बडादशैंको सुअवसरमा आगामी कार्तिक ९, १० र ११ गते पिसिआर परीक्षण नहुने भएको छ ।

बडादशैंको महानवमी, विजयादशमी र एकादशीका दिन कोरोना पिसिआर परीक्षण नहुने भएको हो । आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो कुराको जानकारी दिएका छन् ।

उनले ती ३ दिन देशभार नयाँ पिसिआर परीक्षण हुँदै आएका प्रयोगशालमा पिसिआर परीक्षण नहुने बताए । ती दिनबाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने तथा सबै ल्याब पूर्ण रुपमा सञ्चालन गरिने निर्णय भएको डा। गौतमले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार