काठमाडौँ — कोरोना संक्रमणबाट आइतबार थप १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको जानकारी दिएको हो ।
यो सँगै मृतकको संख्या ७३९ पुगेको छ ।
२४ घण्टामा देशभर २९ सय ४२ जना संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।
२४ घण्टामा १४ हजार ८७५ पीसीआर परीक्षण भएका छन् । हालसम्म कोरोना सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ ।