काठमाडौं । विश्वभर कोरोना भाइरस ‘कोभिड १९’ सङ्क्रमितको संख्या चार करोड नाघेको छ।
कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरका अनुसार आइतबारसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड २३ हजार पुगेको छ।
कोरोनाका कारण हालसम्म ११ लाख १५ हजार ५ सय ९९ को मृत्यु भइसकेको छ भने पुरा संक्रमितमध्ये हालसम्म २ करोड ९९ लाख ३४ हजार उपचारपछि स्वस्थ बनेका छन्।
कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८० लाख ८६ हजार ७८० व्यक्ति सङ्क्रमित रहेका छन्।
कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ। अमेरिकामा हालसम्म दुई लाख १८ हजार ८० जनाको मृत्यु भएको छ।
कोरोनाको संक्रमण देखिएको १० महिना पुगिसक्दा पनि यो नियन्त्रणमा आउन सकेको छैन। हाल विश्वभर यस भाइरसको खोप विकास भइरहेका छन्।
अमेरिका, चीन, रुस, बेलायतजस्ता देशमा कोरोनाको खोप अन्तिम चरणको परीक्षणमा पुगेका छन्।