• आइतबार, भाद्र २१ २०८३

अब कोरोना परीक्षण र संक्रमितको उपचार आफ्नै खर्चमा


आइतबार, कार्तिक २ २०७७
625
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना परीक्षण र संक्रमितको उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको छ।

आइतबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले अति अपांगता, जेष्ठ नागरिक, सर—सफाइकर्मी , सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक अन्यले परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयको आइतबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले नेपाल सरकार मन्त्रिपरिषद्को असोज १९ को बैठक अनुसार उक्त निर्णय भएको जानकारी दिए।

उनले अति अपांगता, जेष्ठ नागरिक, सरसफाइकर्मी, सुरक्षाकर्मीमा लक्षण वा चिन्ह देखिएमा परीक्षण तथा उपचार निशुल्क गरिने जानकारी दिए। उल्लेखित व्यक्तिले कोरोना बिमा गरेको भए परीक्षण तथा उपचार खर्च बिमाबाट गरिने निर्णय भएको उनले जनाकारी दिए।

उनका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार