नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण देखिएको बताए।
उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा १२ हजार ९ सय ३३ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा थप १४ हजार ८ सय ७५ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले जानकारी दिए।
त्यस्तै आज थप २ हजार ३ सय २६ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ।
यो कुल संक्रमितको ६९.७ प्रतिशत हो।