• शनिबार, साउन १६ २०८३

कोरोनाबाट थप एकको मृत्यु


आइतबार, कार्तिक २ २०७७
605
Shares

काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एकजनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–३ गोलपार्कका ५५ वर्षिय पुरुषको उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा आइतबार मृत्यु भएको हो ।

असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका पुरुष २७ गते अस्पताल भर्ना भई उपचार गराइरहेकोमा आइतबार बिहान ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

डा. गौतमका अनुसार कोरोना संक्रमित पुरुष उच्च रक्तचाप र कलेजोको दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार