• मंगलबार, असोज २० २०८३

अस्पतालमा शय्या अभाव भएको भन्दै फर्काएकी संक्रमितको घरमै मृत्यु


आइतबार, कार्तिक २ २०७७
765
Shares


यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ कि एक वृद्धाको निधन भएको छ।

उनी कोरोना संक्रमित भएपछि छोरीका घरमा आइसोलेसनमा बसिरहेकी थिइन्।

शनिबार एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि प्रतिष्ठानमा लगिए पनि शय्या अभावमा भर्ना नगरिएपछि घर फर्काइएको केही समयपछि ८३ वर्षीया उनको मृत्यु भएको धरान –१५ का वडाध्यक्ष नरेश इवरामले जानकारी दिए। उनलाई दुई दिनअघि कोरोना पोजेटिभ पुष्टि भएको थियो।

अहिले प्रतिष्ठानमा शय्या अभाव भएको जनाई स‌ंक्रमितलाई भर्ना लिन छाडिएको छ। भेन्टिलेटर भएको १० शय्या भए पनि ६ वटाले काम गरेका छैनन्। वृद्धाको शव स्वास्थ्य सुरक्षा मापदण्डानुसार नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार