काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–९ की ७० वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ८ः४५ बजे मृत्यु भएको हो ।
उनी निमोनियासहित हाइपरटेन्सनका बिरामी थिइन् ।
योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५० पुगेको छ ।