• सोमबार, साउन ११ २०८३

गोरखामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि


आइतबार, कार्तिक २ २०७७
785
Shares


गोरखा । गोरखामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार आइतबार गोरखामा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये पालुङटार नगरपालिका वडा नं. १ का २१ वर्षका पुरुष र ४० वर्षीय महिला, भिमसेनथापा गाँउपालिका वडा नं. ३ की ५६ वर्षीय महिला रहेका छन् ।

यस्तै गण्डकी गाँउपालिका वडा नं.४ की १७ वर्षीय महिला तथा वडा नं.२ का २५ र १९ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित सबै कन्ट्याक टे«सिङको आधारमा पत्ता लागेको स्वास्थ्य निर्देशक शर्माले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार