• मंगलबार, असोज २० २०८३

गण्डकीमा थपिए ९७ जना कोरोना संक्रमित


आइतबार, कार्तिक २ २०७७
730
Shares


गण्डकी प्रदेशमा आज थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार बिहान र मध्यान्ह गरेर थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले धेरैजसो संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पत्ता लागेको बताए।

उनले सबै संक्रमितहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको बताए।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३० पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार