• मंगलबार, असोज २० २०८३

ड्युटीमा गएका असईको शव खोलामा भेटियो, हवल्दार बेपत्ता


आइतबार, कार्तिक २ २०७७
1K
Shares


काठमाडौं । ड्युटीमा खटिएका एक असईको शव खोलामा फेला परेको छ। अर्का प्रहरी जवान भने बेपत्ता छन्।

कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडाबाट शनिबार राति मोटरसाइकलमा गस्ती गएका असई गोविन्द बिकको शव धनगढी उपमहानगरपालिका—११ को मोहना खोलामा भेटिएको हो।

प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ।

ड्युटी सकेर फर्किने समयमा पनि नआएपछि राति नै उनीहरूको खोजी थालिएको थियो।

खोज्दै जाँदा प्रहरीले आइतबार बिहान एउटा शव मोहना नदी किनारमा भेटाएको थियो।

‘त्यो असईसाबको शव भएको पहिचान भएको छ। उहाँको घाँटी रेटिएको छ भने खुट्टामा पनि चोट लागेको छ,’ कैलाली प्रहरी प्रवक्ता डिएसपी प्रतीक बिष्टले भने।

बेपत्ता हवल्दारको खोजी भइरहेको छ। खोजीका लागिका नेपाली सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी परिचालन गरिएको छ।

शव फेला परेको ठाउँ नेपाल–भारत सिमना नजिकै पर्छ । असई तस्करी नियन्त्रणमा आक्रामक रुपमा काम गर्दै आएका थिए। तस्कर समूहले हत्या गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान शुरु गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार