गोरखा । सिरानचोक गाउँपालिका २ को आहाल भञ्ज्जाङ माविले शुभकामना आदान प्रदान तथा विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष जोगबहादुर गुरुङ, प्रधानाध्यापक केशरसिंह बस्नेत लगायतले मन्तव्य राखेका थिए ।
सो अबसरमा नवगठित स्काउटका सल्लाहकार एवं अभिभावक भीमबहादुर गुरुङले १२ छात्र र १२ छात्रा गरी २४ जना विद्यार्थीहरुका लागि २० हजार बराबरको स्काउट पोशाक पनि वितरण गरेका छन । यसैगरी स्थानीय अभिभावक चक्रबहादुर गुरुङले वार्षिक रुपमा प्रदान गर्ने १२ हजार रकम खेलाडी विद्यार्थीहरुलाई वितरण गरिएको उक्त विद्यालयले जानकारी दिएको छ ।