• शनिबार, साउन १६ २०८३

सिरानचोकमा भर्चुअल वक्तृत्वकला प्रतियोगिता सम्पन्न


आइतबार, कार्तिक २ २०७७
895
Shares

गोरखा । सिरानचोक गाउँपालिका स्तरीय भर्चुअल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

शिक्षा, युवा तथा खेलुकुद शाखाको आयोजनामा भएको ‘कोभिड १९ र शिक्षामा असर’ विषयेक प्रतियोगितामा १४ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए ।

प्रतियोगितामा महेन्द्र लिला मावि हर्मीकी छात्रा सपेक्षा घिमिरे पहिलो, जनज्योति माविकी विपिना उपकोरकोटी दोश्रो, मण्डली मावि छोप्राककी रजिया मियाँ तेश्रो र परोपकार आदर्श माविकी रचना सापकोटा चौंथो भएका छन् ।

उनीहरुलाई नगद पुरस्कारले पुरस्कृत गर्ने सिरानचोक गाउँपालिकाको शिक्षा शाखाका प्रमुख ज्ञानेन्द्र पोखरेलले जानकारी दिए । गाउँपालिका अध्यक्ष एवं शिक्षा समितिका अध्यक्ष राजु गुरुङको अध्यक्षता तथा प्रविधिमैत्री शिक्षक समाज सिरानचोकको प्राविधिक सहजीकरणमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गुरुङले अहिलेको जस्तो विपद्को समयमा प्रविधिको प्रयोग गरी शिक्षालाई अगाडी बढाउनु पर्ने चुनौती आएको बताए । सिरानचोक गाउँपालिकाका सबै विद्यालयलाई प्रबिधिमैत्री बनाउन गाउँपालिकाले पहल गरिरहेको उनको भनाई छ ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटा, प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख खेमराज पौडल, सामाजिक बिकास समितिका संयोजक दिपक हमाल, प्रविधिमैत्री शिक्षक समाजका जिल्ला अध्यक्ष गणेश सापकोटा, नेपाल शिक्षक संघ सिरानचोकका रामकाजी श्रेष्ठ, एकिकृत अखिल नेपाल शिक्षक संगठन सिरानचोकका पुष्पराज ढकाल लगायतले मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार