• शनिबार, साउन १६ २०८३

शहिद लखनको देवघाटसँग भगिनी सम्बन्ध


आइतबार, कार्तिक २ २०७७
605
Shares

गोरखा । गोरखाको शहिद लखन र तनहुँको देवघाट गाउँपालिका वीच भगिनी सम्बन्ध कायम भएको छ ।

सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर र देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापाले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरी मित्रता कायम गरेका हुन । ‘हिन्दु धर्मावलम्लीहरुका लागि देवघाट देशकै महत्वपूर्ण ठाउँ हो ।

त्यहाँ देश तथा विदेशबाट धार्मिक पर्यटकहरु आउँछन्,’ शहिद लखन गाउँपालिका अध्यक्ष थापामगरले भने,‘शहिद लखन पनि धार्मिक, साँस्कृतिक र पर्यटकीय सबै सम्भावनाले भरिपूर्ण ठाउँ हो । मनकामना, बक्रेश्वरी, नेपालका प्रथम शहिद लखन थापाको समाधी स्थल लगायतका थुप्प्रै आकर्षक गन्तव्यहरु छन् । देवघाट आएका पर्यटकलाई यहाँ ल्याउन यसले ठूलो मद्दत गर्छ भन्ने हाम्रो विश्वास छ ।’

दुवै गाउँपालिकामा रहेका धार्मिक तथा साँस्कृतिक पर्यटनको प्रचारप्रसार, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित उक्त भगिनी सम्बन्धले आन्तरिक तथा बाह्य पर्यटन बढाउने विश्वास लिइएको छ । सामाजिक सद्भाव कायम गरि दुबै गाउँपालिका क्षेत्र भित्र रहेका धार्मिक स्थलहरु, साँस्कृतिक ग्रामहरुको बारेमा दुबैले एक अर्कालाइ प्रचारप्रसारमा सहयोग गर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार