• शनिबार, साउन १६ २०८३

प्रकाश सपूतले ल्याए ‘पिरतिको भिसा’ (भिडियोसहित)


आइतबार, कार्तिक २ २०७७
580
Shares

काठमाडौं । हाल चर्चामा रहेका गायक तथा मोडल प्रकाश सपूत अभिनित ‘पिरतीको भिसा’ बोलको गीत सार्वजनिक भएको छ ।

भिडियोमा सपूतसंगै अस्मिता ढकाल, शम्भु धिताल र रमा थपलियालाई देख्न सकिन्छ ।

यसै गीत मार्फत गायक शम्भु धितालले पहिलो पटक गायन तथा म्युजिक भिडियोमा डेब्यू गरेका हुन् ।

शनिबार सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको यो गीतमा गायक शम्भुसँगै मेलिना राईको स्वर रहेको छ । गीतको शब्द, संगीत पनि गायक धितालले नै गरेका हुन् ।

जातिय विभेदभित्रको प्रेमलाई भिडियोमा देखाउन खोजिएको छ ।
गीतको एरेन्जमेण्ट चर्चित एरेन्जर कृष्ण बिक (भान्जा) ले गरेका हुन् । भिडियो लाई करन चैसिरले खिचेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार