• शनिबार, साउन १६ २०८३

दारी ग्याङको फोटो कन्टेष्ट प्रतियोगितामा सन्दिप पहिलो, सुवास दोस्रो


शनिबार, कार्तिक १ २०७७
2.3K
Shares

गोरखा । दारी ग्याङ गोरखाले आयोजना गरेको विलब्भड दारी फोटो कन्टेष्ट मा सन्दिप सुनार पहिलो भएका छन् । ६४ जना सहभागी प्रतियोगिलाई उछिन्दै सुनार पहिलो भएका हुन ।

फेसबुक मार्फत सेयर, लाइक र कमेण्टका आधारमा गरिएको सर्वेक्षणमा सुनारले सबैभन्दा बढी अंक हासिल गरेका थिए । त्यस्तै प्रतियोगितामा सुवास अधिकारी दोस्रो भएका छन् ।

उनिहरुलाई शनिबार एक कार्यक्रमका बिच दारी ग्याङ गोरखाका अध्यक्ष राजेन्द्र न्यौपाने र कार्यक्रम संयोजक कपिल तिमिल्सीनाले सम्मान पत्र सहित नगद पुरस्कार हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा बर्ष २०७६/७७ को दारी आइडलका रुपमा महादेव वस्ती, दारी मेन अफ लाइफ सेभिङमा सुमन कार्की घोषित भएका छन् । त्यस्तै ग्याङले आर्थिक ब्यवस्थापन अवार्ड रबिन श्रेष्ठलाई प्रदान गरेको छ ।

त्यस्तै दारी ग्याङले सामाजिक कार्यमा अग्रसर बिभिन्न ब्यक्तित्वलाई सम्मान समेत गरेको छ । नारेश्वरकी मनिषा बयलकोटीलाई रक्तदान गर्ने प्रविण श्रेष्ठ र शिवजी खड्का त्यस्तै दारी ग्याङले सञ्चालन गरेको क्यान्सरपिडित उर्सवानी बचाउ अभियानमा सहयोग गर्ने भिमसेन थापा ६ अश्राङ घर भई जापान बस्ने सन्जु अम्गाईलाईलाई कदरपत्र सहित सम्मान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार