गोरखा । लायन्स क्लव अफ आँबुखैरेनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीले तनहुँको आँबुखैरेनी चोकमा हेल्प डेक्स सञ्चालनमा ल्याएको छ ।
कोभिड १९ को प्रभावबाट सर्वसाधारण नागरिकलाई सचेत गराउँदै बजार क्षेत्रमा किनमेल गर्ने, सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुलाई बिभिन्न सहयोग गर्ने उदेश्यले हेल्प डेक्स स्थापना गरिएको लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिव खनालले जानकारी दिए ।
त्यस्तै क्लबको हेल्प डेक्सबाटै निशुल्क मास्क बितरण सुरु गरिएको उनले बताए । घटस्थापनाकोदेखि चारदिनसम्म आँबुखैरेनी चोकमा क्लवका सदस्यहरुले हेल्प डेक्स राखेर निशुल्क मास्क वितरण तथा सचेतनाका कार्यक्रम गर्ने अध्यक्ष खनालको भनाई छ ।
डेक्सबाट मास्क बितरणसँगै कोभिड १९ को प्रभावबाट बच्ने उपाय, ध्यान दिनुपर्ने तरिका लगायतका बारेमा सन्देश प्रवाह गरिने र अफ्टेरोमा परेका सर्वसाधारणका लागि आवस्यक सल्लाह, सुझाव समेत दिइने क्ललबे जनाएको छ ।