• मंगलबार, असोज २० २०८३

चार लाख घूससहित प्रहरी हवल्दार अख्तियारको नियन्त्रणमा


शुक्रबार, असोज ३० २०७७
955
Shares


काठमाडौं । घूस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले नेपाल प्रहरीका हवल्दार शिवचन्द्र सहानीलाई नियन्त्रणमा लिएको छ।

उनी रुपन्देहीको इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार हुन्। अख्तियारले सहानीकी श्रीमती निर्मला केवटलाई पनि पक्राउ गरेको छ।

शुक्रबार सियारी गाउँपालिका वडा नं. ७ स्थित खनाल मिठाई पसल नजिकबाट सहानी दम्पत्तिलाई ४ लाख रुपैयाँ घूस रकमसहित पक्राउ गरिएको अख्तियार प्रवक्ता सुरेश भुसालले जानकारी दिए।

हवल्दार सहानीले एक सेवाग्राहीलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत घूस रकम लिएका थिए। उनीहरुले घूस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार