पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप २ हजार ४ सय २ जनामा संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार ७ सय ८४ , भक्तपुरमा २ सय ४४ र ललितपुरमा ३ सय ७४ जनामा कोरोना पुष्टि भएको हो।