• सोमबार, साउन ११ २०८३

शुक्रबार थपिए ४३ सय ९२ कोरोना संक्रमित


शुक्रबार, असोज ३० २०७७
780
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा १२ हजार ३ सय ३६ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा थप १५ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय २२ जना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

यो कूल संक्रमितको ६९.८ प्रतिशत हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार