• शनिबार, साउन १६ २०८३

कोरोना संक्रमणबाट २२ वर्षीय युवकको मृत्यु


शुक्रबार, असोज ३० २०७७
855
Shares

काठमाडौं । कोरोना संक्रमणबाट सुर्खेतको वीरेन्द्रनगरमा थप एकजना युवकको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका—२ निवासी २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मृत्युपछि ७ बजे उनको रिपोर्ट पोजेटिभ आएको हो ।

आफन्तकोमा बसेर अध्ययन गरिरेका ती युवा यही असोज २८ गते शौचालयमै बेहोस भएका थिए । सुरुमा उनलाई आफन्तले झारफुक गर्न लगेका थिए । त्यसपछि मात्रै देउती अस्पताल लगेका थिए ।

उनको अवस्था जटिल भएपछि २८ गते राति ११ बजे प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । श्वास्प्रश्वासमा समस्या भएकोले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बिहीबार साँझ मृत्यु भएको हो ।

यससँगै कर्णालीमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १२ पुगेको महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार