• शनिबार, साउन १६ २०८३

घुससहित सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष पक्राउ


शुक्रबार, असोज ३० २०७७
720
Shares


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सामुदायिक वन उपभोक्त्ता समूह कैलालीका अध्यक्ष रामप्रसाद रानालाई ८० हजार घुससहित पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर—११ अन्तर्गत पर्ने सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष उनलाई ८० हजार घुससहित उपमहानगरपालिका वडा नम्बर १ स्थित पार्क मोड भन्ने स्थानबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सव–डिभिजन वन कार्यालय, तारानगर, कैलालीले ट्रयाक्टर चालक सहित काठ बरामद गरेको सन्दर्भमा सोही कार्यालयका रेन्जर राम अवतार चौधरीले सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो ।

सो उजुरीपछि अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले चौधरीलाई घुस दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने रानालाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार