• शनिबार, साउन १६ २०८३

उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै गोरखामा १२ प्रहरीलाई सम्मान


शुक्रबार, असोज ३० २०७७
920
Shares

गोरखा । उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले १२ जना प्रहरीलाई सम्मान गरेको छ ।

६५ औं प्रहरी दिवशका अवसरमा कार्यालयले जिल्लाका बिभिन्न चौकीमा कार्यरत १२ प्रहरीलाई सम्मान गरेको एसपी सुरेन्द्र बहादुर गुरुङ्गले जानकारी दिए ।

सम्मानित हुनेमा प्रहरी निरिक्षक सिमन धिताल सहित ४ जना हवलदार, ६ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी रहेका छन् । सम्मानित हुने हवलदारमा गम बहादुर थापा, ठाकुर पन्थी, मिनकुमार श्रेष्ठ, सुरज बसेल रहेको एसपी गुरुङ्गले जानकारी दिए ।

त्यस्तै प्रहरी जवानमा पूर्ण बहादुर थापा, मिनुमाया राना, ज्ञान बहादुर लामिछाने, अस्मिता थापा, सुसन नेपाली, नारायण देवकोटा र कार्यालय सहयोगी बखान सिं थापालाई दिवशका अवसरमा सम्मान गरिएको कार्यालयले जनाएको छ ।

दिवशकै अवसरमा प्रहरीबाट शहिद भएका परिपारलाई दोसल्ला सहित सम्मान समेत गरिएको उनले बताए । कार्यक्रममा सदरमुकाम सहित नगर क्षेत्रका बिभिन्न स्थानमा सिसिक्यामेरा जडान गर्न आर्थिक सहयोग गरी शान्ति सुरक्षालाई चुस्त बनाउन भुमिका खेलेको भन्दै गोरखा नगरपालिकालाई सम्मान गरिएको एसपी गुरुङ्गले सिभिलखबरलाई बताए ।

एसपी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखामा डिएसपी बासुदेव खतिवडा, सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष कैलाशबाबु श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, पूर्व प्रहरी संगठन गोरखाका उपाध्यक्ष रामबहादुर गुरुङ्ग लगायतले बोलेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार