• शनिबार, साउन १६ २०८३

विद्युतीय धरापमा पर्दा १४ सुरक्षाकर्मी मारिए


शुक्रबार, असोज ३० २०७७
675
Shares


काठमाडौं । पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन्।

स्थानीय समय अनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा घटना भएको हो। ग्वादरदेखि कराँचीसम्म तेल तथा ग्यास विकास कम्पनी लिमिटेडका कर्मचारीहरु पनि खटाइएको थियो।

तर उनीहरु भने सुरक्षित रहेको जनाइएको छ। सैनिकहरु चढेको दुई ओटा सवारी साधन विद्युतीय धरापमा परेर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्। विस्फोटन पछि सवारी साधन पनि पुरै जलेर नष्ट भएको छ।

घटनाका बारेमा थाहा पाउनासाथ प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै मृतकका परिवारजन, इष्टमित्रप्रति सहानुभूति व्यक्त गरेका छन्। रासस/एएनआई

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार