• मंगलबार, असोज २० २०८३

कोरोना संक्रमितको उपचारमा रेमडिसिभिरको प्रभाव अत्यन्त न्यूनः डब्लूएचओ


शुक्रबार, असोज ३० २०७७
990
Shares


काठमाडौं । कोरोना भाइरस ‘कोभिड १९’ को उपचारमा रेमडिसिभिर औषधि प्रभाव अत्यन्त न्यून देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ।

अमेरिका, भारत, दक्षिण कोरियाजस्ता मूलुकमा रेमडिसिभिर औषधि प्रयोग गर्न अनुमति दिइएको छ।

कोरोना संक्रमितको अवस्था गम्भीर भएमा वैकल्पिक औषधिको रुपमा यसलाई प्रयोग गर्न अनुमति दिइएको हो।

कोरोनाको औषधि र खोप विकास नभइसकेको अवस्थामा हाल विश्वका विभिन्न देशमा रेमडिसिभिर, हाइड्रोक्लोरोक्विन, लोपिनाभिर र इन्टरफेरोन रिगिमेन्सजस्ता औषधि प्रयोग गरिएको छ अथवा यसले कोरोना निको बनाउँछ भन्ने चर्चा छ।

यसबीचमा डब्लूएचओले यी चार औषधिको परीक्षण गरेको थियो। परीक्षणका क्रममा कोरोनाबाट हुने मृत्युलाई यी औषधिले रोक्न नसकेको बताइएको छ।

यी औषधिको प्रभाव अत्यन्त कम भएको अथवा प्रभावकारी नै नभएको डब्लूएचओको भनाइ छ। अल्जाजिरा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार