काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका— ३ बुद्धचोक निवासी ६५ वर्षीय संक्रमित पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार ६५ वर्षीय पुरुषको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको हो ।
वृद्धमा बुधबार कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा उच्च रक्तचाप सम्बन्धी पुरानो समस्या थियो ।