• सोमबार, साउन ११ २०८३

गण्डकीमा सक्रिय सङ्क्रमितको संख्या एक हजार ८ सय २१ पुग्यो


शुक्रबार, असोज ३० २०७७
810
Shares


गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८ सय २१ पुगेको छ ।

प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म ७९ हजार ३०२ जनाको कोरोना परीक्षण गरिएको थियो । सङ्क्रमितमध्ये तीन हजार ४८८ जना निको भएका छन् ।

प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार